चैत्र १३, २०८२ शुक्रबार | १७:०९:४४
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

नवौं राष्ट्रिय खेलकुदः बक्सिङका लागि जिल्ला तथा प्रदेशले भदौ २५ गतेसम्म नामावली पठाउनुपर्ने

काठमाडौं । नेपाल बक्सिङ संघले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २९औं राष्ट्रिय पुरुष तथा १०औं राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताका लागि सम्पूर्ण क्लब तथा सातै प्रदेशलाई भदौ २५ गतेसम्म सहभागी हुने खेलाडीको नामावली पठाउन अनुरोध गरेको छ ।

पोखरामा आगामी असोज २८ देखि कात्तिक तीन गतेसम्म सञ्चालन हुने नवौं खेलकुदमा भदौ १५ गतेसम्म खेलाडी संख्या र २५ गतेसम्म नामसहितको सहभागी संख्या तथा अफिसियलको सहभागिता बक्सिङ संघ एवम् नवौं राष्ट्रिय तयारी समिति र तालिक तथा प्रशिक्षण विभागमा पठाउन सूचना जारी गरेको छ ।

उक्त प्रतियोगितामा तीन विभाग र एनआरएन टिमका खेलाडीले सिधै सहभागिता जनाउन पाउने तथा प्रदेश र जिल्लाको हकमा त्यहाँबाट छनोट भएर आएका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउने सो विज्ञप्तिमा लेखिएको छ ।

संघले खेलाडीहरुलाई  भदौ ६ गतेसम्म सम्बन्धित ठाँउको छनोट सहभागी हुनसमेत आग्रह गरेको छ ।

नवौं राष्ट्रिय खेलकुदमा महिलातर्फ ४५, ४८, ५२, ५४, ५७, ६०, ६३, ६६, ७० र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ४६, ४८, ५१, ५४, ५७, ६०, ६३, ६७, ७१, ७५, ८०, ८६, ९२ र ९२ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो