इङ्लिस प्रिमियर लिग

ओ ब्राइन र टोफोलो नटिङघममा

लन्डन । यसै सिजन इङलिस प्रिमियर लिगमा बढुवा भएको क्लब नटिङघम फरेस्टले हडर्सफिल्डका मिडफिल्डर लेविस ओ ब्राइन र रक्षक ह्यारी  टोफोलोलाई अनुबन्ध गरेको छ । 

यी दुई खेलाडीले गत सिजन नटिङघमविरुद्ध टेरिस च्याम्पियनसिपको प्लेअफ फाइनल खेलेका थिए । 

११ वर्षको उमेरदेखि नै ओ ब्राइन हडर्सफिल्डमा छन् । टोफोलोले भने पछिल्लो दुई सिजन हडर्सफिल्डमा थिए । 

‘नटिङघमा अनुबन्ध हुन पाउँदा खुशी छु’,टोफोलोले भने, ‘इङलिस प्रिमियर लिग खेल्ने प्रस्ताव मैले अस्विकार गर्न सकिन ।’ 

हडर्सफिल्डसँग एक वर्ष सम्झौता बाँकी भए पनि उनी नटिङघम गएका हुन् ।

‘मैले गत सिजन नटिङघमविरुद्ध खेलेको थिए ’, ओ ब्राइनले भने,' मलाई सो क्लबको वातावरण थाहा छ । यो विशेष अवसरका लागि धन्यवाद ।'

नटिङघमले दुई दशकपछि  प्रिमियर लिगमा पुनरागमन गर्ने क्रममा च्याम्पियनसिपको प्लेअफ फाइनलमा हडर्सफिल्डलाई नै हराएको थियो ।