म्यानचेस्टर युनाइटेड

युनाइटेडको नयाँ ‘होम किट’ सार्वजनिक

लन्डन । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले २०२२–२३ सिजनका लागि नयाँ ‘होम किट’ सार्वजनिक गरेको छ ।

नयाँ गाढा रातो रंगको यो जर्सी पूर्ण रुपमा रिसाइकल गरिएको कच्चा पदार्थबाट बनाइएको उल्लेख छ । जर्सीको बीचमा क्लबको आधिकारिक पार्टनर टिम भ्युअर लेखिएको छ । यस्तै, दायाँ भागमा एडिडास र बायाँ भागमा क्लबको लोगो छ ।

युनाइटेडले नयाँ होम जर्सी बैंककमा हुने लिभरपुलविरुद्धको खेलमा लगाउने छ । युनाइटेड र लिभरपुल जुलाई १२ मा बैंककमा खेल्ने तालिका छ ।

गत सिजन छैटौं स्थानमा रहँदै युनाइटेडले प्रिमियर लिग टुङ्ग्याएको थियो ।