बालगोपाल महर्जन

महिला टोलीको भाग्य बदल्ने प्रयासमा महर्जन

काठमाडौं । बालगोपाल महर्जन नेपाली फुटबलका सबैभन्दा सफल र भाग्यमानी खेलाडीका तथा प्रशिक्षकभन्दा फरक नपर्ला । कारण उनले एक खेलाडी र प्रशिक्षकको रूपमा निकालेको सफलता नै हो ।

सन् १९९१ देखि १९९३ सम्म बंगलादेशको ब्रदर्श युनियनबाट व्यावसायिक फुटबल खेलेका महर्जन सक्रिय खेलाडी जीवनबाट बिदाइ लिएपछि पनि फुटबलमै रमाइरहे । सफल खेलाडीको परिचय बनाएका उनले प्रशिक्षकका रूपमा पनि आफूलाई सफलताको सिँढीमा चढाइरहे ।

सन् १९९३ मा नेपालले दक्षिण एसियाली  खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जित्दा महर्जन टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनले खेलाडीको रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीबाट दक्षिण एसियाली खेलकुदमा एक स्वर्ण र एक रजत पदक जितेका छन् । साथै उनले तीन खेलमा नेपालको कप्तानीसमेत गरेका थिए ।

सन् १९९१ देखि १९९३ सम्म बंगलादेशको ब्रदर्श युनियनबाट व्यावसायिक फुटबल खेलेका महर्जन सक्रिय खेलाडी जीवनबाट बिदाइ लिएपछि पनि फुटबलमै रमाइरहे । सफल खेलाडीको परिचय बनाएका उनले प्रशिक्षकका रूपमा पनि आफूलाई सफलताको सिँढीमा चढाइरहे ।

सन् २००६ देखि २०१० सम्म आफ्नो पूर्वक्लब थ्री स्टारको प्रशिक्षण सम्हालेका महर्जनले सन् २०१० देखि २०११ सम्म नेपालकै सफल क्लबमध्येको एक मनाङ मर्स्याङ्दीको प्रशिक्षण बागडोर लिए ।

सन् २०१२ देखि २०१४ सम्म नेपालको यु–१६ टोलीको प्रशिक्षण सम्हालेका महर्जनको प्रशिक्षणमा नेपालले सन् २०१५ मा घरेलु मैदानमा सम्पन्न साफ यु–१९ च्याम्पियनसिपमा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

उमेर समूहमा समेत आफूलाई सफल प्रशिक्षकको रूपमा प्रमाणित गरिसकेका उनले सन् २०१६ मा नेपाललाई  बंगलादेशका सम्पन्न बंगबन्धु गोल्डकप फुटबलको उपाधि दिलाए । उक्त प्रतियोगितामा नेपालको यु–२३ टोलीले सहभागिता जनाएको थियो ।

उनकै प्रशिक्षणमा नेपालले सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा भुटानलाई हराउँदै स्वर्ण पदक जित्यो । महर्जन एउटा खेलाडी र प्रशिक्षकका रूपमा सागमा स्वर्ण जित्ने थोरै भाग्यमानीमा पर्दछन् ।

सन् २०१६ मै उनले बंगलादेशको ब्रदर्श युनियनको अन्तरिम प्रशिक्षकको रूपमा काम गर्ने अवसर पाए । उनी विदेशी शीर्ष डिभिजनको क्लबको प्रशिक्षण सम्हाल्ने पहिलो नेपाली प्रशिक्षकसमेत बने ।

उनकै प्रशिक्षणमा नेपालले सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा भुटानलाई हराउँदै स्वर्ण पदक जित्यो । महर्जन एउटा खेलाडी र प्रशिक्षकका रूपमा सागमा स्वर्ण जित्ने थोरै भाग्यमानीमा पर्दछन् ।

सन् २०२१ मा नेपालले घरेलु मैदानमा सम्पन्न थ्री नेसन्स लिगको उपाधि जित्दा पनि महर्जनले नै टोलीको प्रशिक्षण सम्हालेका थिए । विभिन्न उमेर समूहको प्रशिक्षण सम्हाल्दै एकपछि अर्को सफलता चुमेका महर्जनले क्लब प्रशिक्षकका रूपमा पनि २०२१ मा विशेष सफलता हात पारे । नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करणमा महर्जनकै प्रशिक्षणमा रहेको काठमाडौं रेजर्सले उपाधि जितेको थियो ।

उनको प्रशिक्षणमा नेपालको पुरुष टोलीले ११ खेल खेलेको छ । त्यसमध्ये ५ खेलमा जित निकालेको छ । नेपालले उनको प्रशिक्षणमा तीन खेल बराबरीमा टुंग्याएको छ भने तीन खेलको नतिजा विपक्षीलाई सुम्पिएको छ ।

यसरी एक खेलाडी र प्रशिक्षकका रूपमा आफ्नो क्षमता प्रमाणित गरिसकेका महर्जनले अहिले नेपाली महिला राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिरहेका छन् । नेपाली पुरुष टोलीलाई सफलता दिलाएका महर्जनले पहिलो पटक महिला राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका हुन् । सम्भवतः महर्जन नेपाली महिला फुटबल टोलीले पाएको अहिलेसम्मकै हाई–प्रोफाइल प्रशिक्षक हुन् भन्दा फरक नपर्ला ।

यसअघि खेम गुरुङ, उमेश प्रधान, ध्रुव केसी, किशोर केसी, कुमार कटवाल, कुमार थापा, हरि खड्का र ग्यारी फिलिप्सले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकोे प्रशिक्षण सम्हाल्ने उनी नवौं प्रशिक्षक हुन् ।

नेपाली महिला राष्ट्रिय टोली दक्षिण एसियामा सधैं दाबेदार टोलीको रूपमा रहे पनि अहिलेसम्म कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकेको छैन । पुरुष टोलीको प्रशिक्षकमा आफ्नो क्षमता प्रमाणित गरिसकेका महर्जनको प्रशिक्षणमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पहिलो पटक सफलताको गाथा कोर्छ भन्नेबारे अहिले चर्चा सुरु हुन थालेको छ ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको उपाधि यात्रामा भारत सधैं तगारोको रूपमा रहँदै आएको छ । नेपाली टोली हाल दशरथ रंगशालामा १९औं एसियाली खेलकुदको तयारीमा जुटेको छ । नेपाली टोली एक महिनादेखि प्रशिक्षणमा छ ।

नेपाली महिला टोलीसामु घरेलु मैदानमा पुनः साफ च्याम्पियनसिपको उपाधि जित्दै आफूलाई अब्बल साबित गर्ने सुनौलो अवसर आएको छ । जसको प्रशिक्षण महर्जनले सम्हाल्दै छन् । महर्जनले आफ्नो प्रशिक्षक जीवनमा एउटा सफलता थप गर्न सक्छन् ।

केही दिन अघिमात्र भदौमा नेपालमै महिला साफ च्याम्पियनसिप आयोजना गर्ने घोषणा भएको छ । सन् २०१९ मा विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग निराश भएको छ  ।

नेपाली महिला टोलीसामु घरेलु मैदानमा पुनः साफ च्याम्पियनसिपको उपाधि जित्दै आफूलाई अब्बल साबित गर्ने सुनौलो अवसर आएको छ । जसको प्रशिक्षण महर्जनले सम्हाल्दै छन् । महर्जनले आफ्नो प्रशिक्षक जीवनमा एउटा सफलता थप गर्न सक्छन् ।

‘हामी राष्ट्रिय खेलकुद परिषद् (राखेप)को व्यवस्थापनमा एक महिनादेखि १९औं एसियाली खेलकुदको विशेष तयारीमा थियांै । यसैबीच भदौमा नेपालमै महिला साफ च्याम्पियनसिप आयोजना हुने घोषणा भइसकेको छ,’ महर्जनले भने, ‘त्यसैले यो हाम्रा लागि राम्रो पक्ष होे । हामीसँग घरेलु मैदानमा उपाधि राख्ने अवसरसमेत छ । खेलाडीको क्षमता बढेको पाएको छु ।’

त्यसो त महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालेदेखि नै आफ्ना सहकर्मीले नै  पुरुष टोलीको ‘लक’ महिला टोलीमा सार्न सक्छौं भन्ने प्रतिक्रिया दिँदा थप मनोबल बढेको महर्जनको बताउँछन् ।

‘पुरुषतर्फ विभिन्न उमेर समूह र राष्ट्रिय टोलीका साथै क्लब लेभलमा पनि मेरो प्रशिक्षणमा जुन सफलता नेपालले हात पारेको छ, त्यसबाट पनि सहकर्मीहरूले यस्तो प्रतिक्रिया दिनुभएको होला,’ प्रशिक्षक महर्जनले भने, ‘मलाई महिला टोलीको प्रशिक्षण सम्हाल्ने अवसर मिलेको छ । म उपाधिसहित महिला टोलीको पनि भाग्य बदल्छु भन्नेमा आशावादी छु । तर त्यसो भन्दैमा मिहिनेत गर्न छाड्नुभएन । हाम्रो बलियो प्रतिद्वन्द्वीको रूपमा रहेका भारत र बंगलादेशले अहिले निरन्तर अभ्यास खेलहरू खेलिरहेका छन् र धेरैभन्दा धेरै अनुभव बटुलिरहेका छन् । हामी पनि त्यसतर्फ केन्द्रित हुनु आवश्यक छ । हामी प्रशिक्षणको भरमा मात्र प्रतियोगितामा सहभागी हुने परिपाटीका कारण पनि आशातीत सफलता मिलिरहेको छैन । त्यही परम्परा नदोहोरियोस् भन्ने मेरो चाहना हो । अभ्यास खेलपछि मात्र हामीले कुन खेलाडीको क्षमता कति छ र समग्र टोलीमा पनि के–के सुधार आवश्यक छ भन्ने थाहा पाउने हो । मैले मैत्रीपूर्ण खेलका लागि पनि पहल गरिरहेको छु ।’