म्यानचेस्टर युनाइटेड

युनाइटेडको नयाँ कप्तान खेलाडीहरुले नै छनोट गर्नुपर्ने रागनिकको सुझाव

लन्डन । अन्तरिम प्रशिक्षक राल्फ रागनिकले म्यानचेस्टर युनाइटेडको नयाँ कप्तानका लागि खेलाडीहरुले नै छनोट गर्नुपर्ने बताएका छन् ।

हाल टोलीको कप्तानी सम्हालिरहेका डिफेन्डर ह्यारी मग्वायरले सिजनका बाँकी खेल खेल्ने नखेल्ने दुविधाका बीच रागनिकले खेलाडीहरुले नै नयाँ कप्तान छनोट गर्नुपर्ने बताएका हुन् ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार चेल्सीविरुद्ध रहने ६ खेलाडीहरुमा मग्वायर पनि छन् । घुँडामा चोट बोकेका मग्वायरसँगै पउल पोग्बा, जोर्डन सान्चो, लुक स, फ्रेड र एडिन्सन काभानी चेल्सीविरुद्ध अनुपस्थित हुनेछन् ।

आइतबार युनाइटेड आर्सनलसँग पराजित हुँदा पनि मग्वायरलाई रागनिकले बेन्चमै राखेका थिए । त्यसअघि लिभरपुलविरुद्ध निकै खराव प्रदर्शन गरेपछि युनाइटेडका समर्थकहरुले मग्वायरको घर बमले ध्वस्त पारिदिने धम्की दिएका थिए ।

यस सिजन निकै खराव लयबाट गुज्रिरहेका मग्वायरको कप्तानीप्रति युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले निर्णय लिन सक्नेछन् । यद्यपि, रागनिकले भने आगामी सिजन युनाइटेडको कप्तानी कसले गर्ने भन्नेबारे खेलाडीहरुले नै निर्णय गर्नुपर्ने सुझाव दिएका हुन् ।