सेभेन साइड फुटबल प्रतियोगिता

चण्डेश्वरी क्लबलाई सेभेन साइड फुटबल प्रतियोगिताको उपाधि

धनगढी। धनगढीमा भएको सेभेन साइड फुटबल प्रतियोगिताको उपाधि चण्डेश्वरी क्लब बोराडाँडीले हात पारेको छ । आयोजक क्लब सिटी क्लब अफ धनगढीलाई ३–० गोल अन्तरले पराजित गर्दै चण्डेश्वरी क्लबले उपाधि हात पारेको हो । 

टिमलाई च्याम्पियन बनाउन किरण बोहराले दुई र रोशन विसीले एक गोल गरे । प्रतियोगिताको उपाधिसँगै चण्डेश्वरीले नगद २५ हजारसहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक सिटी क्लब अफ धनगढीले नगद १० हजारसहित ट्रफी पाएको छ । विजयी खेलाडीहरुलाई एक समारोहबा बीच सिटी क्लब अफ धनगढीका अध्यक्ष प्रेमराज ओझा, प्रमुख अतिथि व्यवसायी गोपाल हमाल, विशिष्ठ अतिथि सशस्त्र प्रहरी बलका सई किशन सिहं टेर लगायतले पुरस्कार वितरण गरे ।

 'राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद' भन्ने नारा सहित यो बर्षदेखि आयोजना थालिएको फुटबल प्रतियोगिता बर्षेनी आयोजना गरिने सिटी क्लब अफ धनगढीका अध्यक्ष प्रेमराज ओझाले जानकारी दिए । उनले हरेक बर्ष पुरस्कारराशी बढाउँदै लगिने पनि बताए । माघ १६ गते सहिद दिवसकाे अवसरमा शुरु भएको प्रतियोगिता आईतबार सकिएको छ । प्रतियोगितामा २४ वटा टीमहरुको सहभागीता रहेको थियो ।