क्रिस्चियानो रोनाल्डो

इन्स्टग्राममा रोनाल्डोकाे चार सय मिलियन फलोअर्स पूरा

लन्डन । पोर्चुगिज स्टार क्रिस्चियानो रोनाल्डो इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका छन् ।

रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औं जन्मदिन मनाएका थिए । इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरको तीन सय आठ मिलियन फलोअर्स छन् । त्यस्तै, सर्वाधिक फलाेअर्सकाे तेस्राे स्थानमा अर्जेन्टिनी कप्तान लियोनल मेसी छन् । मैदान र कीर्तिमानमा सधै चर्को प्रतिस्पर्धा हुने चिर प्रतिद्वान्दी मेसीको इन्स्टग्राममा तीन सय ६ मिलियन फलोअर्स छन् ।

यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड भित्रिएका रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले पोर्चुगलबाट एक सय १५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

सन् २००२ ०३ को सिजनदेखि स्पोर्टिङ लिस्बनबाट व्यवसायिक फुटबल खेल्न सुरु गरेका थिए । त्यस्तै सन् २००३ देखि पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलिरहेका रोनाल्डोले हालसम्म एक सय ८४ अन्तर्राष्ट्रिय खेल खेलका छन् ।