राखेप

राखेप सदस्यसचिव विवादः पेशी फेरी सर्याे

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्ती सम्बन्धि रिट सोमबार पनि स्थगित भएको छ ।

यसअघि सर्वोच्चले तेस्रो पटक २४ गतेका लागि सारे पनि आज राखेपको मुद्दा पेशी नै नचढी फागुन २ गतेसम्मका लागि स्थगित भएको हो । त्यसअघि दुई पटक यस रिटमा सुनुवाईको लागि पेशी चढे पनि दुवै पटक सरेको थियो ।

सरकारले कार्तिक एक गते तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै १३ गते टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको नियुक्ती खारेजीको माग गर्दैै दायर गरेको मुद्दामा सर्वोेच्चले अल्पकालिन अन्तरिम आदेश दिएको थियो । सिलवाल पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा राखेप सदस्यसचिवमा नियुक्त भएका थिए ।