सहिद स्मारक लिग

पहिलो हाफमा आर्मी र पुलिस गोलरहित बराबर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३औं मिनेटमा भरत खवासको हेड पोस्टको नजिकैबाट बाहिरिएपछि आर्मीले अग्रता लिने राम्रो मौका खेर फालेको थियो । त्यस्तै ४२औं मिनेटमा सेसेहाङ आङदेम्बेको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाए ।

पहिलो हाफमा पुलिसले भने कुनै सुन्दर मौका बनाउँन सकेन् ।