इङ्लिस प्रिमियर लिग

सोल्सायर बर्खास्त हुनु स्वभाविकः ग्वार्डिओला

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ओले गनर सोल्सायर म्यानचेस्टर युनाइटेडको प्रशिक्षकबाट बर्खास्त हुनु नौलो नभएको बताएका छन् ।

युनाइटेडले आइतबार आधिकारीक रुपमा सोल्सायरलाई प्रशिक्षको जिम्मेवारीबाट मुक्त गरेको पुष्टि गरेको थियो ।

‘म सोल्सायरलाई आगामी भविष्यका लागी सुभकामना दिन चाहन्छु, उनीसँग प्रतिस्पर्धा गर्न पाउँदा खुसी छु,’ ग्वार्डिओलाले भने, ‘युनाइटेडजस्तो क्लबको जिम्मेवारी सम्हालेपछि खेल जित्नुपर्छ, अन्यथा समस्यामा परिन्छ भन्ने सोल्सायरलाई थाहा छ । म सिटीको जिम्मेवारीमा अझै छु, किनकी हामीले नतिजा आफ्नो पक्षमा पारिरहेका छौं । आशा छ हामी फेरी एकअर्काको विरुद्धमा मैदान उत्रन्छौं ।’

युनाइटेडले शनिबार प्रिमियर लिगअन्तर्गत वाटफोर्डसँग ४–१ को पराजय बेहोरेपछि प्रशिक्षक सोल्सायरलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

सोल्सायर सन् २०१८ जोसे माउरिन्होपछि युनाइटेडको प्रशिक्षकमा नियुक्त भएका थिए ।