आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसियाली छनोट

नेपाल हङकङसँग पराजित


दुबई । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।  

नेपालले प्रस्तुत गरेको एक सय पाँच रनको लक्ष्य हङकङले १८ ओभरमा मात्र  चार विकेट गुमाएर पूरा गर्यो ।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाइन् । त्यस्तै क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोडिन् ।

नेपालकी कविता कुवर, सिता रानामगर र सबनम राईले समान एक विकेट लिए ।

यसअघि दुबईको आईसिसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय चार रन बनाएको थियो ।

नेपालका लागि सीता राना मगरले ४० रन बनाएकी थिइन् । यस्तै इन्दु वर्माले ३१ जोडेकी थिइन् ।

हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक–एक विकेट हात पारे ।