बायर्न म्युनिख

डियर बायर्नमा अनुबन्ध

काठमाडाैं । जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले इङ्लिस रक्षक एरिक डियर अनुबन्ध गरेको छ । बायर्नले इङ्लिस प्रियिमयर लिग क्लब टोटनहमबाट डियरलाई लोनमा भित्र्याएको हो ।

डियर र टोटनहमबीचको सम्झौता ६ महिनापछि सकिँदैछ। यो सिजनमा डिएरले मात्र चार खेलमा मौका पाए ।

सन् २०१४ मा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट टोटनहम भित्रिएका डियरले २ सय ७४ प्रियिमर लिग खेलमा १२ गोल गरेका छन् ।