प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कपका लागि पुलिसको टोली घोषणा

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विभागीय नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । पुलिसले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रधानमन्त्री कप पुस २८ देखि माघ २० गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान, मुलपानी क्रिकेट मैदान र भैरहवास्थित सिद्धार्थ रंगशालामा हुनेछन् ।

पुलिसले पुस २८ मा बागमतीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । टोलीको मुख्य प्रशिक्षकमा मन्जित श्रेष्ठ छन् ।

पुलिसको टोली 

दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, करण केसी, कुशल भुर्तेल, अर्जुन साउद, दिलिप नाथ, अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राना, राशिद खान, ललितनारयण भण्डारी, रोशन बुढाल