इङ्लिस प्रिमियर लिग

सिटीको सहज जित

काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार सेफिल्ड युनाइटेडविरुद्ध २-० को सहज जित निकालेको छ ।

घरेलु मैदानन इत्तिहाद रंगशालामा सिटीलाई जित दिलाउन रोड्री र जुलियन अल्भारेजले गोल गरे ।

जितसँगै १९ खेलमा ४० अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लिएको छ ।  पराजित सेफिल्ड २० खेलबाट ९ अंकका साथ पुछारमा छ ।

खेलको १४ औं  मिनेटमा रोड्रीको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले फिल फोडेनको पासलाई सदुपयोग गरे ।

६१ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाइे २-० को जित दिलाए । यसपपटक पनि फोडेनले नै अवसर सिर्जना गरेका थिए ।

लिगअन्तर्गकै अन्उ खेलमा एस्टन भिल्लाले बर्नेलिलाई ३-२ तथा किस्टल प्यालेसले ब्रेन्टफोर्ड ३-१ ले पराजित गरे ।