इङ्लिस प्रिमियर लिग

लिभरपुल शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको बर्नलीलाई २–० ले हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति लिभरपुलको जितमा डार्विन नुनेज र डिअगो जोटाले गोल गरेका थिए । १९ खेलमा १२ जित निकालेको लिभरपुल ४२ अंकसहित शीर्ष स्थानमा छ ।

एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रो स्थानमा छ । ३९ अंकको एष्टन भिल्ला तेस्रो स्थानमा छन् । बर्नली १९ खेलबाट ११ अंकसहित १९औं स्थानमा छ ।

खेलको छैटौं मिनेटमै कोडी गाक्पोको पासमा नुनेजले गोल गरेका थिए । नुनेजको यो सिजनको आठौं गोल भएको छ । डिआजको पासमा अन्तिम मिनेटमा जोटाले दोस्रो गोल गर्दै सहज जित दिलाएका हुन् ।

राति नै भएको खेलमा म्यानचेष्टर युनाइटेडले एष्टन भिल्लालाई ३–२ ले हरायो ।