क्यासिमिरो

क्यासिमिरो भित्र्याउन पिएसजीको चाहना

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन( पिएसजी) ले ब्राजिलियन मिडफिल्डर क्यासिमिरो अनुबन्धको इच्छा देखाएको छ ।

द सनका अनुसार पिएसजी आगामी जनवरी ट्रान्सफर विन्डोमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट क्यासिमिरो भित्र्याउन चाहन्छ ।

सन् २०२२ मा स्पेनिस क्लब रियाल मड्रिडबाट युनाइटेड भित्रिएका क्यासिमिरोले ३६ प्रिमियर लिग खेलमा ५ गोल गरेका छन् ।

यसैगरी साउदी अरेबियन क्लब अल हिलाल पनि क्यासिमिरो भित्र्याउने प्रयासमा छ ।