एन्फा

एन्फाले पठायो विशेष साधारणसभाको कार्यसुची

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कात्तिक २३ गते बस्ने विशेष साधारणको कार्यसुची तय भएको छ ।

एन्फाले एन्फा शुक्रबार जिल्ला, प्रदेश संघ, क्लब, कार्यसमिति सदस्य, एन्फाका अन्तर्गत संघहरुलाई पत्र काट्दै साधारणसभाको कार्य सुची सार्वजनिक गरेको हो ।

हैटौडाको रोयल पार्टी प्यालेसमा हुने साधारणसभा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीको विषयमा केन्द्रित हुनेछ ।

साधारणसभाका लागि मतअधिकार प्रतिनिधि छनोट भइसकेका छन् । तर गण्डकी  प्रदेशमा भने विवाद देखिएको छ । 

महासचिव बर्खास्तगीको एजेन्डा समावेश नगरि गरिन लागेको साधारणसभा रोकिपाउ भनि मध्यपुर युथ एसोसिएसनका सुनिल श्रेष्ठले हालेको रिट निवेदनमा बिहीबार उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय गरेको थियो । अदालतको निर्णयपछि एन्फाको विशेष साधारणसभा हुने निश्चित भएको थियो ।

एन्फाका ८६ मध्ये बहुमत ४९ सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्तगी माग गर्दै भदौ २५ गते विशेष साधारणसभा बोलाउन माग गरेका थिए । तर एन्फा कार्यसमितिले असोज १७ गते अध्यक्षविरुद्धको बर्खास्तगी प्रस्ताबमात्रमा छलफल हुने गरि कार्तिक २३ गते मकवाननपुरमा विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो ।