फिफा विश्वकप छनोट

विश्वकप छनोटमा अर्जेन्टिनाको जित

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको खेलमा साविक विजेता अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हराएको छ ।

जितपछि अर्जेन्टिनाले तीन खेलमा सत प्रतिशत नतिजा निकालेको हो ।

घरेलु मैदानमा अर्जेन्टिनालाई जित दिलाउन रक्षक निकोलास ओटामेन्डीले गोल गरेका हुन् । रोड्रिगो डि पाउलले मिलाएको पासलाई ओटामेन्डीले गोल गरे ।

बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । कप्तान लियोनल मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

पछिल्लो समय घाइते भएका मेसी जुलियन अल्भारेजको स्थानमा ५३औं मिनेटमा मैदान प्रवेश गरेका हुन् । यसअघि ओटामेन्डीले नै अर्जेन्टिनाको ‘आर्म ब्यान्ड’ लगाएका थिए ।