साबित्रा भण्डारी

युरोपेली लिगमा सावित्राको डेब्यु गोल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले युरोपेली फुटबलमा डेब्यु गोल गरेकी छिन् । प्रि सिजन खेलमा हापोएल रानानाले हादेरालाई २–० ले हराउँदा सावित्राले एक गोल गरेकी हुन् ।

रानानाको गोलमा गोल्डेन र सावित्राले समान एक गोल गरे । पहिलो गोल गोल्डेनले गर्दै रानानालाई अग्रता दिलाइन् । सावित्राले दोस्रो गोल गर्दै सहज जित निकालिन् ।  

घरेलु लिग र राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता साबित्रा पहिलो पटक युरोपेली क्लबमा अनुबन्ध भएकी हुन् । इजरायल एसियाली मुलुक भएपनि उसले युरोपेली फुटबल महासंघको प्रतिनिधित्व गरिरहेको छ ।

साबित्राले भारतीय महिला आईलिगको तीन पटक उपाधि जितेकी छिन् । गोकुलम केरेलाबाट दुई तथा सेथु एफसीबाट एक पटक उपाधि जित्दै केही कीर्तिमान बनाएकी छिन् । यसैगरी माल्दिभ्सको लिग खेलेको अनुभव सावित्रासँग छ । घरेलु फुटबलमा सावित्राले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग अनुबन्ध छिन् ।