अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । नेपाल र घरेलु टोली बंगलादेशविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

 ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा जारी खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् ।  दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।