अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

बंगलादेश जाने टोलीको बिदाइ

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ ( एन्फा) ले सोमबार टोलीको बिदाइ गरेको हो । टाेली मंगलबार बंगलादेश जाँदैछ । 

६ असोजबाट सुरु हुने १९औं एसियाली खेलकुदको तयारी स्वरुप नेपालले जुलाई १३ र १६ मा बंगलादेशसँग ढाकामा २ मैत्रीपूर्ण खेल खेल्दैछ ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

प्रारम्भिक ३० सदस्यीय टोलीबाट ७ खेलाडीलाई हटाउँदै प्रशिक्षक थापाले अन्तिम टोलीको घोषणा गरेका हुन् । जसमा तीन खेलाडीले राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् ।

चोटका कारण पछिल्लो केही समय टोलीबाट बाहिर रहेका गीता राना र युवा खेलाडी प्रीति राई टोलीमा फिर्किएका हुन् । त्यस्तै अञ्चली वाइबा पछिल्लो केही वर्ष राष्ट्रिय टोली बाहिर नै रहँदै आएकी थिइन् ।

टोलीको व्यवस्थापकमा बिन्द्रा देवान र सहायक प्रशिक्षकमा पारस चौधरी छन् । त्यस्ते गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी सुरजकुमार लामाले सम्हाल्ने छन् ।

नेपाली टोली

गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

रक्षकः अमृता जैसी, गिता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, अञ्चली वाइबा , समिक्षा घिमिरे

मिडफिल्डरः रेनुका नगरकोटे, सरु  लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्डः सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी  घिसिङ, अनिता केसी, अमिषा कार्की, रेखा पौडेल