ह्यारी केन

बायर्नको प्रस्ताव अस्विकार

काठमाडाैं । जर्मन बुन्डेस लिग च्याम्पियन बायर्न म्युनिखले इङ्लिस क्लब टोटनहमका स्ट्राइकर ह्यारी केन अनुबन्धका लागि राखेकाे प्रस्ताव टोटनहमले अस्विकार गरेको छ ।

इङ्ल्यान्डका कप्तान केनका लागि बायर्नले राखेको ७० मिलियन पाउन्डसहितको प्रस्ताव टोटनहमले अस्विकार गरेको हो ।

यसअघि टोटनहमले ६० मिलियन पाउन्डको प्रस्तावलाई पनि अस्विकार गरेको थियो । टोटनहम केनका लागि कम्तीमा पनि १ सय मिलियन पाउन्ड चाहन्छ ।

टोटनहमसँग केनको सम्झौता सन् २०२४ को जुलाईमा सकिँदैछ । गत जनवरी ट्रान्सफर विन्डोमै केनले रियाल मड्रिड जाने इच्छा देखाएका थिए । त्यहिबेला म्यानचेस्टर युनाइटेडले पनि उनीमा रुचि देखाएको थियो ।

केनले टोटनहमका लागि ४ सय ३५ खेलमा २ सय ८० गोल गरेका छन् । टोटनहमका सर्वाधिक गोलकर्ता उनी क्लबकै एकेडेमीका उत्पादन हुन् ।