आइडब्लुएल

सेथु अपराजित रहँदै क्वार्टरफाइनलमा

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा सम्मिलित सेथु एफसी इन्डियन वुमन्स लिग (आइडब्लुएल)मा बराबरीमा रोकिएको छ ।

सेथु शुक्रबार सम्पन्न सम्पन्न समूह चरणको अन्तिम खेलमा ओडिसा एफसीसँग गोलरहित बराबरीमा रोकिएको हो ।  

यस नितजासँगै अपराजित रहेको सेथुले सात खेलमा पाँच जित र दुई बराबरीको निजासहित १७ अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

ओडिसाले पनि समान खेलमा पाँच जित एक बराबरी र एक हारको नतिजासहित १७ अंक जोडेर दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनलमा स्थान बनायो ।

एन्जिले समूह चरणका ६ खेलमा मौका पाउँदा पाँच क्लिन क्लिन राख्न सफल भइन् ।