सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा जावलाखेललाई अग्रता

फाइल फोटो

काठमाडौंं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत छैटौं चरणको खेलमा जावलाखेल युवा क्लबले सातदोबाटो युवा क्लबविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ ।

खेलको ४३ औं मिनेटमा फाेडे फोफनाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।

सातदोबाटो पाँचौं तथा जावलाखेल चौथो जितको खोजीमा छन् । हाल पाँच खेलमा चार जित र एक हारको नतिजासहित सातदोबाटो लिगको शीर्ष स्थानमा छ ।

यसैगरी जवलाखेल पाँच खेलमा तीन जित तथा समान एक हार र बराबरीको नतिजासहित १० अंक जाेडेर लिगको चौथो स्थानमा छ ।