अन्तर्राष्ट्रिय फेडरेसन अफ कराते (क्योकुसिन) एसोसिएसन नेपाल

मुख्य सहायक प्रशिक्षकमा अनिल

काठमाडौं । अन्तर्राष्ट्रिय फेडरेसन अफ कराते (क्योकुसिन) एसोसिएसन नेपालले अनिल श्रेष्ठलाई मुख्य सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

संघका ब्रान्च चिफ गणेशलाल कक्षपतिले अनिललाई मंगलबार नियुक्त पत्र हस्तान्तरण गरे । 

अनिलले आफूलाई विश्वास गरी जिम्मेवारी दिएकोमा संघलाई धन्यवाद दिदै पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । श्रेष्ठले खेलाडी उत्पादनमा विशेष ध्यान दिने बताए ।