रुबेन नेभेस

नेभेस भित्र्याउने दौडबाट बिहिरयो बार्सिलोना

मड्रिड । स्पेनिस क्लब बार्सिलोना पोचुर्गिच मिडफिल्डर रुबेन नेभेसलाई अनुबन्ध गर्ने दौडबाट बाहिरिएको छ ।

२६ वर्षीय नेभेसको उल्भरह्याम्टनसँगको सम्झौता सन् २०२४ मा सकिदैँछ । उनले जुलाईमा क्लब छाड्ने सम्भावना उच्च छ ।

बार्सिलोना लाई क्लबमा भित्राउन इच्छुक देखिन्थ्यो । तर, बार्सिलोनाले अहिले उनलाई अनुबन्ध गर्न नचाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रशिक्षक जाभीयर हर्नान्डेज(जाभी) ले रुबेनलाई क्लबमा भित्राउन चासो देखाएका छैनन् । उनले अरु नै विकल्प रोज्न क्बललाई भनेका छन् ।

बार्सिलोना नेभेसलाई छाडेर म्यानचेस्टर सिटीका इल्के गुन्डोगनलाई अनुबन्ध गर्ने सोचमा छ ।

इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड पनि जुलाई ट्रान्सफर विन्डोमा रुबेनलाई क्लबमा भित्राउन इच्छुक देखिन्छ । 
 

नेभेसले उल्भसका लागि दुई ४५ खेल खेल्दै २९ गोल गर्नुका साथै १२ गोलका लागि असिस्ट पनि गरेका छन् ।