वैशाख ३०, २०८२ मंगलबार | १३:२६:००
धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक

कोशीले सुदूरपश्चिमलाई हरायो

काठमाडाैं । कोशी प्रदेशले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको सहज जित निकालेको छ ।

यस जितसँगै तीन खेलमा चार अंक जोडेको कोशीले फाइनल सम्भावना बलियो बनाएको छ । पराजयसँगै चार खेलमा चार अंक जोडेको सुदूरपश्चिमको पनि फाइन पुग्ने सम्भावना भने कायम छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ८३ रनको लक्ष्य कोशीले १५.३ ओभमा मात्र एक विकेट गुमाउँदै भेट्टायो  ।

कोशीका लागि काजोल श्रेष्ठले ५० बलमा पाँच चौकाको मद्दमा अविजित ४० रन बनाइन् । यसैगरी गरी कप्तान रुबिना क्षेत्रीले २८ रन जोडिन् ।

पहिलो विकेटका लागि काजोल र रुबिनाले ७३ रनको साझेदारी गरेका थिए ।

सुदूरपश्चिमका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले ३०, सम्झना खड्काले १६ र ऋतु कनौजियाले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

केशीका लागि रुबिना क्षेत्री र अप्सरी बेगमले समान तीन तथा ज्योति दनवारले एक विकेट लिए ।

यसअघि ललितपुर मेयर्स-११ लाई सात विकेटले हराएको कोशी विभागीय टोली नेपाल एपिएफ क्लबसँग सात विकेटले पराजित भएको थियो ।

यसैगरी ललितपुर मेयर्स-११ लाई ५१ रन तथा मधेस प्रदेशलाई सात विकेटले हराएको सुदूरपश्चिमले एपिएफसँग १५ रनको पराजय ब्यहोरेको थियो ।

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP