च्याम्पियन्स लिग

लिभरपुलमाथि रियालको सानदार जित

मड्रिड । भिनिसियस जुनियर र करिम बेन्जेमा चम्किएको खेलमा साबिकको विजेता रियाल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत अीन्तम १६ पहिलो लेगमा लिभरपुलमाथि ५-२ को सहज जित निकालेको छ ।

मंगलबार घरेलु मैदान एन्फिल्डमा डार्विन नुनेज र मोहम्मद सलाहको गोलमा लिभरपुलले १४ मिनेटमै २-० को अग्रता लिएको थियो ।तर पहिलो हाफमा जुनियरको दुई खेलमा रियालले खेललाई बराबरीमा ल्याएको थियो ।

दोस्रो हाफमा करिम बेन्जेमा र मिलिटाओको गोलमा रियालले सहज जितसहित क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो पारेको हो ।

गत वर्ष फाइनलमा रियालले लिभरपुललाई नै हराएर उपाधि जितेको थियो ।
खेलको चौथो मिनेटमा नुनेजले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । त्यसको १० मिनेट पछि सलाहाले लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

२१औं मिनेटमा जुनियरको गोलमा रियालले खेलमा फर्कने संकेत गरेको थियो । ३६औं मिनेटमा जुनियरले टोलीलाई खेलमा फर्काएका थिए ।

दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै मिलिटाओले गोल गर्दै रियाललाई खेलमा अघि बढाएका थिए । ५५औं मिनेटमा बेन्जेमाले रियालको अग्रता ४-२ मा पुर्याएका थिए ।६७औं मिनेटमा बेन्जेमाको व्यत्तिगत दोस्रो गोलमा रियालले सहज जित पक्का गरेको थियो ।

गत सिजन बेन्जेमकै प्रेरणामा रियालले एकपछि अर्को पुनरागमन जितसहित च्याम्पियन्स लिग जितेको थियो । यसक्रममा उनले १२ खेलमा १५ गोल गरेका थिए ।