चेल्सी

चेल्सीमै रहने सिल्भाको विश्वास

काठमाडौं । ब्राजिलियन रक्षक थियागो सिल्भाले इङ्लिस क्लब चेल्सीसँगको सम्झौता नवीकरण हुनेमा विश्वास लिएको बताएका छन् ।

सेन्टर ब्याक सिल्भा पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आफ्नो सम्झौता सकिएपछि २०२० मा फ्रि ट्रान्सफमार्फत चेल्सी भित्रिएका थिए ।

सिल्भाले सुरुआतमा चेल्सीसँग एक वर्षको सम्झौता गरेका थिए । उनले क्लबलाई चेल्सीलाई २०२०-२१ को च्याम्पियन्स लिग महत्वपूर्ण भुमिका निभाएका थिए । 
 

उनले गत वर्ष यस सिजनको अन्त्यसम्मका लागि सम्झौता नवीकरण गरेका थिए ।  चेल्सीसँगको सम्झौता सकिन ६ महिना भन्दा समय कम बाँकी रहँदा  ३८ वर्षिय सिल्भा अझै क्लबमा रहँन चाहन्छन् । उनी चाँडै नै  चेल्सीसँगकाे  सम्झौता नवीकरण हुने आशामा छन् ।

‘अहिले हामी सम्झौता नवीकरणको बारेमा छलफल गर्दैछौं,’ सिल्भाले भने,‘ सम्भवत अबको केही दिनमा सबै प्रक्रिया पूरा हुनेछ ।’ 

चेल्सीले यस जनवरी ट्रान्सफमा युवा रक्षक बिनोइट बादियशिले र विस्ली फोफोनालाई  क्लबमा अनुबन्ध गरेको छ । युवा खेलाडीको अगामनले पहिलो रोजाइमा पर्न सिल्भाका लागि निकै कठिन हुने अनुमान गरिएको छ ।

‘मलाई थाहा छ क्लबलाई मेरो आवश्यकता छ,’ सिल्भाले भने,‘क्लबको योजना अनुसार खेल्न सक्षम छु भन्नेमा मलाई विश्वास छ । टोलीमा युवा खेलाडी भित्रएका छन् । उनीहरुको मनोबल बढाउनका लागि भए पनि अनुभवी खेलाडी चाहिन्छ ।’

सिल्भाले चेल्सीका लागि ७३ प्रिमियर लिग खेल खेल्दा पाँच गोल गरेका छन् ।