टेस्ट

विलियम्सनले छोडे टेस्ट टोलीको कप्तानी


वेलिङटन । केन विलियम्सनले न्युजिल्यान्डको टेस्ट टोलीको कप्तानी छोड्ने घोषणा गरेका छन । 

साविक विजेता न्युजिल्यान्ड आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२२÷२३ मा फाइनल दौडबाट बाहिरिएपछि विलियम्सनले पद छाड्ने निर्णय लिएका हुन ।

गत संस्करणको फाइनलमा भारतलाई आठ विकेटले हराउँदै न्युजिल्यान्डले टेस्ट च्याम्पियनसिप जितेको थियो ।

विलियम्सनको कप्तानीमा न्युजिल्यान्डले ४० टेस्ट खेल्दा २२ मा जित निकालेको थियो । विलियम्सनले सन २०१६ देखि टोलीको कप्तानी सम्हालिरहेका थिए ।

पाकिस्तान भ्रमणअघि विलियम्सन टेस्ट टोलीको कप्तानबाट हट्ने भएपछि यो शृंखलामा टिम साउथीले न्युजिल्यान्डको कप्तानी सम्हाल्नेछन ।

टेस्ट टोली छाडे पनि विलियम्सनले एकदिवसीय र टी–२० टोलीको भने कप्तानी गर्नेछन ।

न्युजिल्यान्डले पाकिस्तानमा दुई खेलको टेस्ट तथा तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ । पहिलो टेस्ट डिसेम्बर २६ देखि सुरु हुनेछ ।