ओमानको दोस्रो विकेट पतन

काठमाडौं, (खेलाडी)– ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक सय ९६ रनको योगफल रक्षा गरिरहेको नेपाललाई दोस्रो सफलता प्राप्त भएको छ । 

विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिदेशीय शृंखलामा घरेलु टोली ओमानलाई एक सय ९७ रनको लक्ष्य दिएको नेपालका लागि सुशन भारीले दोस्रो सफलता दिलाए ।

सुशनले  १८ रन जोडेका आयन खानलाई आसिफ शेखबाट क्याच गराएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ओपनर आसिफको ९० रन प्रेरणामा ४७.४ ओभरमा सबै विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो ।