आइपिएल

कोहलीलाई आरामको चाहिएकाे छ: शास्त्री

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक रवि शास्त्रीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा यस सिजन स्वभाविक लय भेट्टाउन सघर्षरत रोयल च्यालेन्जस बैंगलोरका ब्याटर विराट कोहलीलाई आरामको आवश्यकता रहेको बताएका छन् ।

यस सिजन कोहलीले आइपिएलका सात खेलमध्ये दुई खेलमा मात्र ४० रनको आंकडा पार गरेका छन् । मंगलबार लखनउ सुपर जायन्टविरुद्धको खेलमा कोहली ‘गोल्डेन डकआउट’ भएका थिए । यद्यपि, कप्तान फाफ डु प्लेसिसले ९६ रनको इनिङ खेलेपछि बैंगलोरले लखनउलाई १८ रनले पराजित गरेको थियो ।

‘अहिले समय कोहली निकै खराव लयबाट गुज्रिरहेका छन् । उनको क्रिकेट करियरको अझै ६–७ वर्ष बाँकी नै छ । यसैकारण भारतीय क्रिकेट टोलीले उनलाई अझ मुश्किलमा बनाउने कुरामा ध्यान दिन आवश्यक छ,’ उनले भने ‘समर्थकको आशाअनुरुप प्रदर्शन गर्न र अरु जिम्मेवारीका कारण मानसिक रुपमा निकै थकित बनेका छन् । उनलाई आरामको आवश्यकता छ ।’