क्यान

ज्ञानेन्द्र, सोमपालसहित १८ खेलाडी ग्रेडिङमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले गरेको यसअघि चार खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा चार खेलाडीलाई समावेश नगर्ने निर्णय औपचारिकरूपमै फिर्ता लिएको छ ।

मिडियामा दिएको विवादास्पद अभिव्यक्तिको कारण देखाउँदै क्यानले ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीलाई सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको थियो ।

तर, गत महिना क्यान र खेलाडीबीच सहमती भएअनुसार उनीहरूमाथि गरिएको त्या निर्णय फिर्ता लिँदै उनीहरूलाई समेटेर नयाँ ग्रेडिङ क्यानले सार्वजनिक गरेको छ ।
नयाँ ग्रेडिङ अनुसार ग्रेड ‘ए’मा कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी छन् । यस्तै, ग्रेड ‘बी’मा कुशल भुर्तेल, आसिफ शेख, शरद भेसावकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी छन् ।

ग्रेड ‘सी’मा कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, साहव आलम, सुशन भारी र पवन सर्राफ छन् । महिलातर्फ ग्रेड ‘ए’मा रुबिना क्षेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुण भण्डारी छन् ।

यस्तै, ग्रेड ‘बी’मा सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वति चौधरी, सवनम राई र ज्योति पाण्डे रहँदा ग्रेड ‘सी’मा डली भट्ट, कविता जोशी संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल छन् ।