एकदिवसीय शृंखला

आयरल्यान्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य

काठमाडौं । स्टेफन डाेहिनीको शतकप्रेरित आयरल्यान्ड ‘ए’ ले एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल‘ए’ सामू २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टर जितेर ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २८४ रनको योगफल तयार पार्यो ।

आयरल्यान्डका लागि डोहिनीले १२९ बलमा आठ चौका र दुई छक्काको मद्दतले १०७ रनको योगदान गरे । यसैगरी पिटर मोरले ४४, म्याथ्यु हम्प्रेसले २३, मोर्गन टोपिङले २१, फिओन ह्यान्डले २०, बेन ह्वाइटले अविजित १९ र गाभिन होयले १४ रन बनाए ।

नेपाल ‘ए’ का लागि रिजन ढकाल र रन्जित कुमारले समान तीन तथा विकास आग्री र साहब आलमले समान एक विकेट लिए । 

अघिल्ला दुवै खेलमा पराजित हुँदै शृंखला गुमाइसकेको नेपाल सान्त्वना जितको खोजीमाछ । यसअघि नेपाल २१ र ११४ रनले पराजित भएको थियो ।

यता आयरल्यान्ड पनि जित निकाल्दै शृंखलामा ‘क्लिन स्विप’ गर्न चाहन्छ।