क्यानडा नेपाल एकदिवसीय श्रृंखला

रिजनको डेब्यू विकेटमा नेपाललाई पहिलो सफलता

काठमाडौं । क्यानडाविरुद्धको अन्तराष्ट्रिय एकदिवसीय श्रृंखलाको पहिलो खेलमा नेपाल पहिलो विकेट लिन सफल भएको छ ।

डेब्यू खेलाडी रिजन ढकालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय ओभरमै विकेट लिन सफल भएका हुन् । तेस्रो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर रिजनले नवनीत धलिवालको विकेट लिएका हुन् । ६ रन बनाएका नवनीत विकेट किपर आशिफ सेखबाट क्याच आउट भएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले २२५ रनको मध्यम लक्ष्य पछ्याइरहेको छ ।