मोरङ जिल्ला स्तरिय ‘बी’ डिभिजन क्रिकेट

विसिसी ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन

विराटनगर  । झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गर्दै विराजनगर क्रिकेट क्लब ( विसिसी) मोरङ जिल्ला स्तरिय ‘बी’  डिभिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।  

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनलमा विसिसीले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको ग्रामथानले निर्धारित ३० ओभरमा सवै विकेट गुमाई १ सय ३९ रन बनाए पछि खेलको निर्णय सुपर ओभरबाट लिइएको थियो ।

ग्रामथानका अनिल विश्वकर्माले २८, आर्यन बास्कोटाले अविजित २०, निर्वेश लुइटेलले १७ रन र विकाश कार्कीले १५ रनको योगदान दिए ।

विसिसीकारितेश झाले चार, आर्यन शाहीले दुई विकेट तथा कृतिक कामत , आशिष राजवंशी र अविशेक मण्डलले समा एब १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेकोको विसिसीले निर्धारित ३० ओभरमा सवै विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । विसिसीका अनिल यादवले ४१, धिरज कामतले २३ रन, अमन गुप्ताले १२ रन र कृतिक कामतले ११ रनको योगदान दिए ।

ग्रामथानका आर्यन बास्कोटाले तीन रनिर्वेश लुइटेलले दुई विकेट लिए ।

प्रतियोगितमा विसिसीका कृतिक कामत सर्वोत्कृष्ट खेलाडी, राहुल चौधरी उत्कृष्ट ब्याटर र अविशेक मण्डल उत्कृष्ट बलर घोषित भए ।

माघ १७ गतेदेखि शुरु भएको प्रतियोगिता मोरङका १६ ‘बी’ डिभिजन क्लबहरु सहभागी थिए । विजयीलाई प्रमुख अतिथि पूर्व राष्ट्रिय खेलाडी नन्दकिशोर राठी,  मोरङ जिल्लम क्रिकेट संघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।