आइसिसी यु-१९ विश्वकप

न्युजिल्यान्डविरुद्ध अर्जुनको अर्धशतक

काठमाडौं । नेपालका ओपनर अर्जुन कुमालले आइसिसी यु-१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा ३ सय ३ रनको लक्ष्य पछ्याएको नेपालका लागि अर्जुनले ७३ बलमा ६ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

अर्जुनलाई दीपक बोहराले ११ रन बनाएर साथ दिइरहेका छन् ।

अर्जुनले तेस्रो विकेटका लागि कप्तान देव खलानसँग ५९ रनको साझेदारी गरे । देव ३६ रन बनाएर पेभिलियन फर्किए । नेपाल अहिले २५.२ ओभरमा पाँच विकेट गुमाउँदै १ सय १८  रन बनाएर खेलिरेहको छ ।