चैत्र १०, २०८२ मंगलबार | ००:०३:२५
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

ओप्स खेलकुद महोत्सवः हाइजम्पमा दीपेन्द्र र सुनिशालाई स्वर्ण

दीपेन्द्र गिरी

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमीका दीपेन्द्र गिरी र हिमरश्मिकी सुनिशा मिश्रले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको हाइजम्पमा आइतबार स्वर्ण जितेका छन् । दीपेन्द्र ब्वाइज तथा सुनिशा गर्ल्समा पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा दीपेन्द्रले १.४५ मिटर जम्प गरे । हिमरश्मिका आदर्श थिङ र फेरिल्यान्डका मदन गडाइली संयुक्त रुपमा दोश्रो भए । सुनिशाले १.२१ मिटर जम्प गरिन् । कौशलकी सेमिनु तमाङ दोश्रो तथा फेरिल्यान्डकी कृतिका कटुवाल तेश्रो बने ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्धारा आयोजित प्रतियोगिताको ब्वाइज १ सय मिटर दौडमा लालीगुराँसका सुदिप पाण्डे पहिलो भए । उनले १२.७२ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । एन्जल्स हार्टका हिमसागर पुन मगर दोश्रो तथा हिमरश्मिका नवीन महत तेश्रो स्थानमा रहे ।

उक्त स्पर्धाको गर्ल्समा हिमरश्मिकी युनिशा पाठकले निर्धारित दूरी १५.१ सेकेन्डमा पूरा गरी स्वर्ण जितिन् । कौशलकी सेमिनु तामाङले रजत तथा श्रृजना ज्ञान सागरकी ग्रिष्मा देवकोटाले कांस्य पदक जिते ।

हाइजम्पमा प्रतिस्पर्धा गर्दै सुनिशा मिश्र

ब्वाइज ८ सय मिटर दौड २ मिनेट २४.३ सेकेन्डमा सकाएका लालीगुराँसका सुवास रावत शीर्ष स्थानमा रहे । विभूतिका अंकित श्रेष्ठ तथा न्यु एराका पेम्बा तामाङ क्रमशः दोश्रो र तेश्रो भए । 

सो स्पर्धाको गर्ल्समा लालीगुराँसकै रोशिका गोथेले स्वर्ण चुमिन् । रोशिकाले निर्धारित दूरी तय गर्न ३ मिनेट ०२.९ सेकेन्ड समय खर्चिन् । श्रृजना ज्ञान सागरकी अनुषा अम्गाईंले रजत तथा कौशलकी सुजश्री विष्टले कांस्य पदक हात पारे ।

लङजम्पको ब्वाइजमा श्रृजना ज्ञान सागरका रविन तामाङ पहिलो भए । उनले ५.६० मिटर हाम्फाले । एन्जल्स हार्टका हिमसागर पुन दोश्रो तथा कौशलका सलिन बानियाँ तेश्रो भए ।

 सोही स्पर्धाको गर्ल्समा हिमरश्मिकी ममता बराल पहिलो भइन् । ममताले ३.९३ मिटर जम्प गरिन् । ज्ञान मन्दिरकी रन्जिता अम्गाईं दोश्रो तथा फेरिल्यान्डकी अपेक्षा ढुंगाना तेश्रो बने ।

लङजम्पमा प्रतिस्पर्धा गर्दै ममता बराल

ब्वाइज सटपुटमा न्युटनका विशाल बरालले स्वर्ण जिते । उनले १०.४२ मिटर टाढा फाले । हिमरश्मिका ओमन घले दोश्रो तथा पुष्पकुञ्जका कस्मिर ओली तेश्रो स्थानमा रहे ।

रिलेको ४ गुणा ४ सय मिटरतर्फ ब्वाइज/ गर्ल्स दुवैमा लालीगुराँसको टोलीले शीर्ष स्थान कब्जा गर्यो। ब्वाइजमा कौशल दोश्रो तथा हिमरश्मि तेश्रो भए । गल्र्समा हिमरश्मि दोश्रो तथा कौशल तेश्रो बने ।

फुटबलः अर्जुनको ह्याट्रिकमा सेबको विजयी सुरुआत

सेबले  फुटबलमा आइतबार विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेबले अमृतलाई ४-० ले पराजित गर्यो  ।

 सेबका अर्जुन राना मगरले ह्याट्रिक गरे भने विकास गुरुङले एक गोल थपे। जितसँगै सेब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अन्य खेलमा जित हात पार्दै पुष्पकुञ्ज, प्रगति र कौशल पनि क्वार्टरफाइनलमा पुगे । पुष्पकुञ्जले न्युटनलाई १-० ले हरायो । पुष्पकुञ्जका रविन जिसीले निर्णायक गोल गरे ।

ब्वाइज फुटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी

प्रगतिले श्रृजना ज्ञान सागरलाई २-० स्तब्ध बनायो। प्रगतिका लागि दुवै गोल विशान्त पुटुवारले गरे । कौशलले विभूतिमाथि ४-० को सहज जित दर्ता गर्यो । कौशलका अतित श्रेष्ठले दुई तथा जितराम भुलले दुई गोल गरे । एक गोल आत्माघाती थियो ।

प्रतियोगिताको उद्घाटन शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख विचारीप्रसाद अधिकारीले गरे । प्रतियोगिता बिहीबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने आइतबार मात्र गरिएको हो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो