त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

युएईविरुद्ध कुशलको अर्धशतक

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा नेपालका ओपनर कुशल भुर्तेलले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशलले २८ बलमा ६ चौका र तीन छक्काको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

कुशललाई कप्तान रोेहितकुमार पौडेलले २ रन बनाएर साथ दिइरहेका छन् ।  नेपालले आसिफ शेख सात र कुशल मल्ललाई एक रनमा गुमाएको थियो ।

यसअघि समूह चरणका सबै खेल मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा भएको थियो । नेपाल शृंखलामा अपराजित रहँदै च्याम्पियन बन्न चाहन्छ । नेपालले यसअघि युएई र हङकङविरुद्ध भएको चार खेल नै जितेको छ ।

घरेलु मैदानमा हुने आईसिसी विश्वकप छनोटको खेलअघि नेपाल आफ्नो उत्कृष्ट लय कायम राख्न चाहन्छ ।