आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः भारतलाई बंगलादेशको २ सय ५७ रनको लक्ष्य

काठमाडौं । बंगालदेशले आइसिसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारतसामू २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पुनेस्थित महाराष्ट्र क्रिकेट संघ रंगशालामा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय ५६ रनको योगफल तयार पारेको थियो ।

बंगालदेशका लागि लिटोन दासले ८२ बलमा सात चौकाको मद्दले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी तन्जिद हसनले ४३ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५१, महमुदुल्लाहले ४६, मुस्फिकर रहिमले ३८, तोहिद हृदयले १६ र नासुम अहमदले १४ रन बनाए ।

पहिलो विकेटका लागि दास र हसनले ९३ रनको साझेदारी गरेका थिए ।

भारतका लागि रविन्द्र जडेजा, मोहम्मद सिराज र जसप्रित बुमराहले समान दुई तथा कुलदिप यादव र शार्दुल ठाकुरले समान एक विकेट लिए ।

भारत चौथो तथा बंगलादेश दोस्रो जितको लक्ष्यमा छन् ।