एरिका गुरुङ

एरिका नगदसहित सम्मानित

काठमाडौं । नेपाल एकायन कारते संघले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ ।

संघले बिहीबार एरिकालाई २० हजार रुपौयाँ र सम्मान पत्रसहित सम्मान गरेको हो । एसियाली खेलकुदको करातेमा नेपालका लागि एरिकाले जितेको रजत पहिलो हो ।

सो अवसरमा एसियाली खेलकुदका प्रशिक्षक कुशल श्रेष्ठ, छोरी डंगोल र वीरकृष्ण महर्जन तथा व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

उनीहरुलाई संघीय सांसद विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका सांसद् बसन्त मानन्धर र नेपाल एकायन कारते संघका अध्यक्ष श्रीकृष्ण डंगोलले सम्मान गरे ।