एन्डी मरे

तत्काल विश्राम लिने योजना छैनः मरे

लन्डन । पूर्व विश्व नम्बर एक एन्डी मरेले तत्काल टेनिस खेलबाट विश्राम दिने योजना नभएको बताएका छन् ।

मरे अहिले विश्व वरियातको ५२औं स्थानमा छन् । मरे शुक्रबार हल अफ फेम ओपनमा वरीयताको ३९औं स्थानका रुसी खेलाडी एलेक्सजेन्डर बब्लिकसँग ५–७ ४–६ को सेटमा पराजित भएका थिए । 

यसअघि मरे विम्बल्डनको दोस्रो चरणमा अमेरिकन खेलाडी जोन इस्नरसँग पराजित हुँदै बाहिरिएका थिए ।

निकै खराब समयबाट गुज्रिरहेका ३५ वर्षीय मरे नतिजा सुधार गर्नेमा आशावादी थिए । तर उनको प्रदर्शन सन्तोषजनक हुन भने सकेन । 

‘म नतिजा केही हदसम्म सुधार गर्न चाहन्छनु,’ उनले भने, ‘यो प्रतियोगितामा उपाधि जित्न सक्छु भन्ने सोचेको थिए । तर योजना असफल भयो । यसो भन्दैमा म टेनिस खेलबाट विश्राम लिइहाल्ने पक्षमा भने छैन । अझै केही वर्ष खेलजीवनलाई निरन्तरता दिन चाहन्छु ।