भक्तपुर जिल्ला अन्तरवडा ब्याडमिन्टन

अन्तरवडा ब्याडमिन्टनः आयुष र स्वर्लिनलाई उपाधी

सांकेतिक तस्बिर

सूर्यविनायक नगरपालिका ८ का आयुष प्रजापती र मध्यपुर नगरपालिका २ की स्वर्लिन श्रेष्ठ भक्तपुरमा जारी दोश्रो भक्तपुर जिल्ला अन्तरवडा ब्याडमिन्टन प्रतियोगितामा एकलतर्फको उपाधी जितेका छन् । आयुष पुरुष तथा स्वर्लिन महिलतर्फ विजेता बनेका हुन् ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्र, लोकन्थलीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आयुषले मध्यपुर ९ का संयोग बस्नेतलाई २१-८, २५-२३ ले र स्वर्लिनले मध्यपुर ४ की कृषा श्रेष्ठलाई २१-९, २१-११ ले पराजित गरे ।

ब्वाईज यु-१५तर्फ मध्यपुर ७ का सक्षम कार्कीले सूर्यविनायक ५ का अक्षत ढुङ्गेललाई २१-१५, २१-१२ ले पराजित गर्दै उपाधि जिते ।

पुरुष युगलतर्फको प्रतिस्पर्धामा सूर्यविनायक ३ का रमेश बस्नेत र दीपक खत्री विजेता बने। उक्त जोडीले मध्यपुर ७ का भिमराज कार्की र साजन न्यौपानेको जोडीलाई २१-१७, २१-११ ले निरास बनाए ।

मास्टर्स ४५ वर्षमाथिको युगलमा मध्यपुर ८ का हरि धेके र पुर्णहरि होनाको जोडीले सूर्यविनायक ८ का डेन लामा र राकेश थापा मगरको जोडीलाई २१-१८, २१-१३ ले हराए उपाधीमा आफ्नो नाम लेखाए ।

शीर्ष तीनमा रहनेले मेडल, ट्रफी र प्रमाण पत्रसहित २० हजार, १० हजार र ५/५ हजार रुपैयाँ प्राप्त गरे । विजेतालाई प्रमुख अतिथी माननिय सन्तोष परियार, भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्र प्रजापती लगायतले पुरस्कार वितरण गरेका  ।