भाद्र २७, २०८२ शनिबार | ०९:०९:२८
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

ब्याडमिन्टनमा बागमती उत्कृष्ट

पोखरा । बागमती प्रदेशले प्रथम यु-१५ विद्यालय खेलकुदको ब्याडमिन्टनमा बिहीबार सर्वाधिक २ स्वर्ण र ३ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको छ ।

 दोश्रो स्थानको लुम्बिनीले २ स्वर्ण तथा तेश्रो भएको गण्डकीले १ स्वर्ण, ३ रजत र २ कांस्य पदक जिते । कोशी र कर्णाली पदकविहीन रहे ।

ब्याडमिन्टनमा सात प्रदेशबाट ५६ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पाँचै स्पर्धाको फाइनल बिहीबार भएको थियो ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको ब्वाइज फाइनलमा लुम्बिनीका सुविन श्रेष्ठले गण्डकीका सफल भुजेललाई २१-१७, २१-११ को सोझो सेटमा पराजित गरे । 

सो स्पर्धाको गर्ल्सको उपाधि भिडन्तमा बागमतीकी रिहाना शेरचनले कोशीकी निभा राईलाई २१-१०,२१-१९ ले हराइन् ।

 ब्वाइज डबल्समा लुम्बिनीका सुविनले सुदेश राजकोटीसंग मिलेर अर्को स्वर्ण पदक जिते । उक्त जोडीले फाइनलमा गण्डकीका सफल र गेजराजर कार्कीको जोडीमाथि १९-२१, २१-१६,२१-१३ को कठिन जित दर्ता गरे । 

सोही स्पर्धाको गर्ल्समा रिहानले पनि टीशारानी शाक्यसंग मिलेर दोहोरो स्वर्ण जित्न सफल  भइन् । उक्त जोडीले फाइनलमा गण्डकीका दिलाशा राणा र समृद्धि श्रेष्ठको जोडीलाई २१-१, २१-१६ ले हराए ।

मिक्स डबल्समा गण्डकीका सफल भुजेल र दिलाशा राणाको जोडी च्याम्पियन बने । सफल र दिलाशाको जोडीले फाइनलमा कोशीका सदिप राई र निभा राईको जोडीलाई २१-१५,२१-१२ को सोझो पराजित गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारी, राखेपका सदस्य अञ्जन धमलालगायतले पुरस्कृत गरे ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS