फाल्गुन ६, २०८२ बुधबार | १७:५१:१९
एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा

क्षितिज र नीता च्याम्पियन

काठमाडौं ।  एपिएफका क्षितिज खनाल र नेपाल प्रहरीकी नीता लम्साल तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फ च्याम्पियन बनेका छन् । क्षितिजले पुरुष र निता महिलाको उपाधि जिते ।

नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह-आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा क्षितिजले आर्मीका विवेक चौधरीलाई २१-८, २१-१५ को सोझो सेटमा पराजित गरे । धादिङका सुजन थापा र एसपिएफका भोजबहादुर गुरुङ तेश्रो भए ।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भएको महिला फाइनलमा नीताले आर्मीकी अनुमाया राईलाई २१-१२, २१-१३ को सोझो सेटमा हराइन् । आर्मीकी शेस्ना सिर्पाली र स्पोर्टस हबकी सीताकुमारी राई तेश्रो स्थामा रहे । दुवैतर्फका शीर्ष तीनले क्रमशः ३० हजार , १५ हजार र ७ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

यु-१७ ब्वाइज सिंग्ल्समा प्रहरीका कविर केसी च्याम्पियन बने । उनले फाइनलमा आर्मीका सुविन श्रेष्ठलाई २१-१०, १६-२१, २१-११ ले हराए ।

फिट्नेस पार्कका अमन डंगोल र लभ बिएका इमा तामाङ तेश्रो स्थानमा रहे । यो स्पर्धाका शीर्ष तीनले १५, १० र ५ हजार रुपैयाँ हात पारे ।

मिक्स डबल्समा एपिएफका क्षितिजले शोभा गौचनसँग मिलेर अर्को स्वर्ण पदक जिते । उक्त जोडीले फाइनलमा प्रहरीका जीवन आचार्य र नीता लम्सालको जोडीलाई २१-१२, २१-५ को सोझो सेटमापराजित गरे ।

आर्मीका पविन लिङथेप र अनुमाया राई तथा आर्मीका विधान अधिकारी र अमिता गिरीको जोडीले तेश्रो स्थान हासिल गरे ।  यो स्पर्धाको विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रोले ७ हजार ५०० रुपैयाँ पाए ।

भेट्रान ४५ वर्षमाथि पुरुष युगलमा पिएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीले बाजी मारे । सञ्जय र अनिलको जोडीले फाइनलमा तनहुँका देव गुरुङ र कास्कीका शम्भुकुमार श्रेष्ठको जोडीमाथि २२-२०,२१-१७ को जित दर्ता  गरे ।

बालकुमारी रिमिक्स क्लबका शान्त डंगोल र कृष्ण श्रेष्ठ तथा चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेलको जोडी तेश्रो स्थानमा रहे । यो स्पर्धाका शीर्ष तीनले क्रमशः ३५, २० र १० रुपैयाँ प्राप्त गरे ।

पुरुष युगलमा आर्मीका पविन लिङथेप र विधान अधिकारीको जोडीले फाइनलमा सूर्यदर्शनका दीपक राणा र जनिश थकालीको जोडीलाई २१-१६, २२-२, २१-१४ ले पराजित गरे ।

धादिङका राम मल्ल ठकुरी र सुजन थापा तथा बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सुमन शाक्यको जोडी तेश्रो भए । यो स्पर्धाका शीर्ष तीनले ५०, २५ र १० हजार रुपैयाँ हात पारे ।

विजेतालाई ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महतलगायतले पुरस्कृत गरे ।

सोही अवसरमा गायक राजेश पायल राईलाई आयोजकले सम्मान गरेको थियो । आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवार र कोषाध्यक्ष सुजन राईले गायक राईलाई सम्मान गरे । आयोजकले उद्घाटन कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीकी  मिडफिल्डर प्रीति राईलाई पनि सम्मान गरेको थियो ।

चार दिने प्रतियोगितामा १३१ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा ६ स्पर्धा समावेश थियो ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||