झिल्टुङ्ग क्रस कन्ट्री दौड

झिल्टुङ्ग क्रस कन्ट्री दौडः टंक र प्रिया च्याम्पियन

टंकबहादुर कार्की

काठमाडौ । आठौँ झिल्टुङ्ग क्रस कन्ट्री दौडमा टंकबहादुर कार्की र प्रिया राई च्याम्पियन बनेका छन् । खुल्ला पुरुषतर्फ टंक र महिलातर्फ प्रिया च्याम्पियन बनेका हुन् ।

आर्मीका टंकले निर्धारित पुरुष १३.५ किमि दूरी पार गर्न ५३ मिनेट ३८.२९ सेकेन्ड लगाए । त्यस्तै मिङमार सिंगि तामाङ ५५ मिनेट ०७ सेकेन्डका दोस्रो तथा आर्मीका सुवास कार्की ५५ मिनेट १० सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे ।

प्रियाले १३.५ किमि पार गर्न प्रिया राईले १ एक घन्टा ७ मिनेट ५७ सेकेडन्ठ लगाइन्ु । नेपाल पुलिस क्लबकी राम माया बुढाले १ घन्टा ९ मिनेट १२ सेकेन्ड दौड पूरा गर्दै दोस्रो तथा सृजना पाण्डे १ घन्टा १६ मिनेट ५० सेकेन्डको समय निकाल्दै तेस्रो भए ।

यसैगरी १३.५ किमि भेट्रानतर्फ भिम बहादुर गुरुङ १ घन्टा ५ मिनेट ५९ सेकेन्डका साथ पहिलो भए । रेवतबहादुर दाहाल १ घन्टा ७ मिनेट १५ सेकेन्डको समय निकाल्दै दोस्रो तथा भिमबहादुर अवाले १ घन्टा १३ मिनेट ३९ समका साथ तेस्रो स्थानमा रहे । 

१३.५ किमि स्थानीय पुरुषमा बिमल थापा मगर १ घन्टा ३ मिनेट १० सेकेन्डका साथ पहिलो, सुमन श्रेष्ठ १ घन्टा ७ मिनेटको समय निकल्दै दोस्रो र सन्दीप राई १ घन्टा १० मिनेटका साथ तेस्रो भए ।

४।५ किमि खुल्ला जुनियर छात्रतर्फ सनाम शेर्पा, जयराम थापा, हरिचन्द्र तामाङ शीर्ष तीनमा रहे । सोही विधाको छात्रातर्फ आयुषमा आचार्य पहिलो, समयमानिला याख दोस्रो र कविता मगर तेस्रो भए ।

स्थानीय ४.५ किमि भेट्रान पुरुषतर्फ मिठु नेपाल पहिलो, गोपिनाथ नेपाल दोस्रो र चन्द्रमान श्रेष्ठ तेस्रो स्थानमा रहे ।

दौडमा सहभागी

स्थानीय ४.५ किमि छात्रातर्फ साकिना तामाङ, शिलशिला कुँवर र कौशिला लामा शीर्ष तीनमा रहे । सोही विधाको छात्रतर्फ सुरज नेपालले पहिलो, सन्तोष तामाङले दोस्रो र गोकुल कुँवरले तेस्रो स्थान हासिल गरे ।

त्यस्तै स्थानीय आमा समूहको ४.५ किमि दौडमा शनिता श्रेष्ठ पहिलो, कमला श्रेष्ठ दोस्रो र लक्ष्मी श्रेष्ठ तेस्रो भइन्।

प्रतियोगिताका बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा आइ समापन भएको थियो।

खुल्ला महिला/ पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे। स्थानिय खुल्लातर्फको विजेतालाई १० हजार, उपविजेतालाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरियो । भेट्रान खुल्ला पुरुषतर्फका शीर्ष तीनले ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पाए ।

खुल्ला जुनियर १६ वर्षमुनिका छात्रा/ छात्र, स्थानीय १६ वर्षमुनिका छात्र/ छात्र तथा ४५ वर्षमाथिका स्थानिय पुरुषतर्फका शीर्ष तीनलाई ६ हजार,४ हजार र दुई हजार रुपैयाँ प्रदान गरियो। स्थानिय आमा समूहतर्फको विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रो स्थान हासिल गर्नेले ६ हजार रुपैयाँ प्राप्त  गरे ।