माघ १७, २०८२ शनिबार | १०:१२:०३
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

गोल्डेन एथलेटिक्स मिटः शिवराज र निशा उत्कृष्ट खेलाडी

शिवराज पार्की

काठमाडौं । एपिएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटमा मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । शिव पुरुष तथा निशा महिलामा उत्कृष्ट खेलाडी चुनिए।

शिवले १०० र २०० मिटर दौडमा स्वर्ण तथा ४ गुणा १०० मिटर रिलेमा रजत पदक जिते । निशाले १००र २ सय मिटर दौड तथा लङजम्पमा स्वर्ण पदक जितिन् ।

एथलेटिक्स परिवार नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको २०० मिटर दौडमा शिवले निर्धारित दूरी २२.३६ सेकेन्डमा पूरा गरे । वीरगन्जका आदेशकुमार यादवले रजत तथा एपीएफका आशिष चौधरीले कांस्य पदक हात पारे ।

सो स्पर्धाको महिलामा निशाले निर्धारित दूरी तय गर्न २६.३० सेकेन्ड समय खर्चिइन् । आर्मीका कलेशी चौधरी र सरस्वती थारुले क्रमशः रजत र कांस्य पदक हात पारे ।

 निशा चौधरी

पुरुष ८००मिटर दौडमा आर्मीका सुनिल सुनारले स्वर्ण पलक चुमे । उनले निर्धारित दुरी पार गर्न १ मिनेट ५७.८६ सेकेन्ड समय लगाए । आर्मीकै अक्कलबहादुर पालले रजत र एपिएफका सन्जिव नेपालीले कांस्य पदक जिते ।

उक्त स्पर्धाको महिलामा एपिएफकी आशा रावतले स्वर्ण पदक हात पारिन्। आशाले २ मिनेट २६.७ सेकेन्डमा दूरी पार गरिन् । आर्मीका रेखा लिम्बु र नवीना थापाले क्रमशः रजत र कांस्य पदक प्राप्त गरे ।

दुई दिने प्रतियोगितामा ५७५ खेलाडीले ५२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।