चैत्र १६, २०८२ सोमबार | १७:५७:२०
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

गोल्डेन एथलेटिक्स मिटः शिवराज र निशा उत्कृष्ट खेलाडी

शिवराज पार्की

काठमाडौं । एपिएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटमा मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । शिव पुरुष तथा निशा महिलामा उत्कृष्ट खेलाडी चुनिए।

शिवले १०० र २०० मिटर दौडमा स्वर्ण तथा ४ गुणा १०० मिटर रिलेमा रजत पदक जिते । निशाले १००र २ सय मिटर दौड तथा लङजम्पमा स्वर्ण पदक जितिन् ।

एथलेटिक्स परिवार नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको २०० मिटर दौडमा शिवले निर्धारित दूरी २२.३६ सेकेन्डमा पूरा गरे । वीरगन्जका आदेशकुमार यादवले रजत तथा एपीएफका आशिष चौधरीले कांस्य पदक हात पारे ।

सो स्पर्धाको महिलामा निशाले निर्धारित दूरी तय गर्न २६.३० सेकेन्ड समय खर्चिइन् । आर्मीका कलेशी चौधरी र सरस्वती थारुले क्रमशः रजत र कांस्य पदक हात पारे ।

 निशा चौधरी

पुरुष ८००मिटर दौडमा आर्मीका सुनिल सुनारले स्वर्ण पलक चुमे । उनले निर्धारित दुरी पार गर्न १ मिनेट ५७.८६ सेकेन्ड समय लगाए । आर्मीकै अक्कलबहादुर पालले रजत र एपिएफका सन्जिव नेपालीले कांस्य पदक जिते ।

उक्त स्पर्धाको महिलामा एपिएफकी आशा रावतले स्वर्ण पदक हात पारिन्। आशाले २ मिनेट २६.७ सेकेन्डमा दूरी पार गरिन् । आर्मीका रेखा लिम्बु र नवीना थापाले क्रमशः रजत र कांस्य पदक प्राप्त गरे ।

दुई दिने प्रतियोगितामा ५७५ खेलाडीले ५२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो