महांकाल च्याम्पियनसिप ह्यान्डबल तथा सेपाक ताक्रो

महांकाल च्याम्पियनसिप ह्यान्डबल तथा सेपाक ताक्रो सुरु

 काठमाडौं ।  महांकाल सामाजिक स्पोर्टस क्लबको आयोजनामा दोस्रो महांकाल च्याम्पियनसिप ह्यान्डबल तथा सेपाक ताक्रो प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।

गोटिखेलस्थित महांकाल माविको खेलमैदानमा सुरु भएको प्रतियोगिताको ह्यान्डबलतर्फ महांकाल मावि र बाघभैरव मावि फाइनल प्रवेश गरेका छन् ।

सेमिफाइनलमा महांकालले कालिदेवी माविलाई २०-७ तथा बाघभैरवले महांकाल मावि ‘बी’ लाई १५-८ ले पराजित गरे ।

प्रतियोगिताको उद्‍घाटन महांकाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले गरे । प्रतियोगिताको फाइनल तथा समापन समारोह आइतबार हुनेछ ।