इङ्लिस प्रिमियर लिग

बराबारीमा रोकिए लिभरपुल र चेल्सी

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा लिभरपुल र चेल्सीले बारबरी खेलका छन् ।

लिभरपुल र चेल्सी गोलरहित बराबरीमा रोकिएका हुन् । दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँडे ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलको तेस्रो मिनेटमै चेल्सीका काइ हाभर्टजले गोल गरे पनि भिएआरमा उनी अफसाइड देखिएपछि त्यसले मान्यता पाएन ।

यस बराबरीसँगै १९ खेलमा २९ अंक जोडेको लिभरपुल आठौं स्थानमा रहँदा २० खेलमा २९ अंक जोडेको चेल्सी १० औं स्थानमा छ ।