डिसीए कप

डिसीए कपः नेपाल पुलिस विजयी

धनगढी । धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डिसीए कप क्रिकेटमा नेपाल पुलिस स्कुलले जित निकालेको छ ।

शनिबार सम्पन्न दोस्रो खेलमा नेपाल पुलिस स्कुलले धनगढी नमुना स्कुललाई ३६ रनले पराजित गरेको हो  । 

पुलिसले दिएको एक सय पाँच रनको लक्ष्य पछ्याएको धनगढी नमूना स्कुल १४.१ ओभरमा मात्र ६८ रनमा समेटियो । धनगढीका किरण कार्कीले ३२ बलमा ५ चौकासहित २८ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

पुलिसका प्रदीप सिंहले चार विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय चार रनको योगफल तयार पारेको थियो । पुलिसका जनक विष्टले ३६, शंकर बोहराले १९ र सन्तोस बलले १४ रन जोडे । 

धनगढी नमूना इलेन सिंहले चार तथा जीवन कार्की र सागर मल्लले समान दुई  विकेट लिए ।

यसअघि  दिनको पहिलो खेलमा वेस्टर्न क्रिस्टल एकेडेमीलाई एक विकेटले हराउँदै पञ्चोदय माविले पनि  विजयी सुरुआत गरेको थियो ।